"हाम्रो संस्कृति नै हाम्रो पहिचान हो, जुन समृद्ध ललितपुरको बलियो आधार हो।"
आदरणीय आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरू,
लोकतन्त्रको स्थापनाकालदेखि २०६२/६३ को जनआन्दोलनसम्म विभिन्न कालखण्डमा भएको आन्दोलनहरूमा जीवन
उत्सर्ग गर्नुहुने तमाम शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, ललितपुर निर्वाचन
क्षेत्र नं. ३ का आम जनता तथा सचेत मतदाताहरूमा सद्भाव व्यक्त गर्दै आसन्न निर्वाचनको सन्दर्भमा
हाम्रा केही अवधारणाहरू सम्प्रेषण गर्दछौं।
हाम्रा ५ मुख्य संकल्प
राजनीतिक स्थिरता र लोकतन्त्रको रक्षा
आर्थिक विकास
शिक्षा र स्वास्थ्यमा सुधार
भ्रष्टाचार विरुद्धको अभियान
सामाजिक न्याय र समानता
- सुशासन, सेवाप्रवाह र भ्रष्टाचार नियन्त्रणलाई नागरिक स्तरमै अभियानको रुपमा लैजान स्थानीय नागरिक समन्वय तथा संवाद कार्यक्रम विशेष रुपमा सञ्चालन गरी Team Work मा रहनेछौं।
- हाम्रो क्षेत्रमा साक्षरता दर ९५% छ। स्थानीय कर्मचारी, पेशा व्यवसायी, शिक्षक, प्राध्यापक आदिको बौद्धिक क्षमता र पूँजीलाई "मानवीय स्रोत" को रूपमा सम्मान र उपयोग गर्दै स्थानीय आवश्यकताको पहिचान र समाधानमा जोड दिनेछौं।
- सांसदको रूपमा नीतिगत निर्णयका लागि सल्लाह लिन स्थानीय युवा विज्ञहरूको एक 'Shadow Council' को रुपमा Lalitpur Youth Council बनाउने प्रण गर्दछौं।
- स्थानीय विकासमा वाधक सिद्ध सार्वजनिक खरिद ऐन २०६३ लाई परिमार्जन गरी न्यूनतम बोलपत्र (Lowest Bid) को सट्टा "गुणस्तर र संवेदनशीलता" प्रधान हुने गरी ऐन संशोधन गर्न पहल गर्नेछौं।
- डिजिटल सुशासन (E–Governance) अर्थात सरकारी सेवामा ढिलासुस्ती र भ्रष्टाचार रोक्न 'Paperless Administration' र 'Open Data Policy' का लागि नीतिगत पैरवी गर्नेछौं।
- एकीकृत उपत्यका विकास प्राधिकरण मार्फत काठमाडौं उपत्यकाको खानेपानी, ढल, र यातायातलाई एकै संयन्त्रबाट सञ्चालन गर्न "Integrated Valley Management Act" का लागि आवश्यक पहल गर्दै नेतृत्वदायी भूमिका खेल्नेछौं।
- Lalitpur Innovation Hub: सार्वजनिक भवनहरूलाई 'Co–working Spaces' मा रूपान्तरण गरी स्टार्टअपहरूलाई उच्च गतिको इन्टरनेट र निर्बाध बिजुली उपलब्ध गराउने कुरामा पहल गर्नेछौं।
- AI Lab / Future Skills: सामुदायिक विद्यालय र केन्द्रहरूमा AI Lab स्थापना गरी युवाहरूलाई 'Coding' र 'Data Science' मा दक्ष बनाउने कार्यक्रम संचालन गर्नेछौं।
- IT–focused FDI: विदेशी लगानी आकर्षित गर्न 'Tech–friendly Tax Policies' निर्माण गर्ने र ललितपुरलाई "Outsourcing Capital" को रूपमा चिनाउन आवश्यक पहल गर्नेछौं।
- IT for Disaster Management: विपद् जोखिम न्यूनिकरणका लागि 'Early Warning System' र खुल्ला क्षेत्रहरूको डिजिटल म्यापिङ गर्नेछौं।
- ललितपुरको मूर्त–अमूर्त सम्पदा र प्राकृतिक स्रोत हाम्रा अमूल्य सम्पत्ति हुन्। मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, विश्वव्यापीकरण, पुनर्निर्माणमा जोड दिनेछौं।
- World Craft Council & UNESCO: ललितपुरको हस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा सिधै जोड्नु 'Digital Marketplace' निर्माण गर्न सहकार्य गर्नेछौं।
- Aesthetic Urban Policy: कोर बस्तीका घरहरूको बाहिरी संरचना (Facade) परम्परागत शैलीमा राख्न विशेष अनुदान र 'Architecture Policy' ल्याउन पहल गर्नेछौं।
- पर्यटकहरूलाई स्थानीय कला र संस्कृति अनुभव गराउनु 'Boutique Home stays' प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता दिनेछौं।
- ढुंगेधारा र जलाशयहरूको संरक्षणका लागि प्राचीन राजकुलो प्रणालीलाई पुनर्जीवित गर्ने कार्यमा सहकार्य गर्नेछौं।
- वाडेगाउँ, ठेचो र बुंगमती जस्ता क्षेत्रलाई जोड्नु 'Lalitpur Loop' विद्युतीय बस सेवा सञ्चालन गर्न पहल गर्नेछौं।
- नाङ्गा तार र अव्यवस्थित पोलहरूलाई 'Underground Cabling' मार्फत व्यवस्थापन गर्न पहल गर्नेछौं।
- नख्खु, कर्मनाशा, बागमतीलाई बचाउन र ढल व्यवस्थापनका लागि 'Bypass Tunnel' प्रविधिको अध्ययन गरी नदी सभ्यतालाई स्वच्छ बनाउन पहल गर्नेछौं।
- सार्वजनिक यातायातमा विधुतिय सवारी साधनलाई प्रोत्साहन गर्दै यात्रुहरूका लागि सुलभ र सुरक्षित बनाउन पहल गर्नेछौं।
- सडकलाई आधुनिक, व्यवस्थित र पक्की गर्न निरन्तर पहल र सहकार्य गर्नेछौं।
- पानी होइन, स्वच्छ तथा नियमित खानेपानी हाम्रो संकल्प हुनेछ।
- विशेषत सरकारी विद्यालयको भौतिक पूर्वाधार र शिक्षण पद्धतिलाई आकर्षक र गुणस्तरीय बनाउन पहल गर्नेछौं। संस्थागत तथा सामुदायिक विद्यालयलाई एकरूपता कायम गर्न पहल गर्दै गुणस्तरीय शिक्षा तथा छात्रवृत्तिको वितरणलाई न्यायोचित र जनमुखी बनाउँदैछौं।
- Early Childhood Development (ECD): अर्थात प्रि–स्कुल तहदेखि नै 'Quality Focused' शिक्षा र पोषण सुनिश्चित गर्ने कार्यलाई प्राथमिकता दिनेछौं। हामी वालमैत्री हुनेछौं।
- पुल्चोकमा रहेको ऐतिहासिक संस्था साझा प्रकाशन र साझा यातायातलाई स्तरोन्नती गर्नेछौं।
- कालिगढ र श्रमिकहरूको सीपलाई औपचारिक प्रमाणिकरण गरी उनीहरूको श्रमको उचित मूल्य सुनिश्चित गर्न पहल गर्नेछौं।
- साना उद्यमीका लागि "उद्यम सहजकर्ता केन्द्र" र कामकाजी आमाहरूका लागि समुदायमा आधारित "शिशु हेरचाह केन्द्र" विस्तार गर्नेछौं।
- दलित मुक्ति तथा वालमैत्री एवम् अपांगतामैत्री वातावरण हाम्रो प्राथमिकता हुनेछ।
- आफ्नो परिवार र नेपालको माटोलाई मुटुमा राखेर विदेशी भूमीमा श्रम पसिना बेचिरहनु भएका स्थानीय दिदीबहिनी र दाजुभाईको तथ्यांक लिई उहाँहरूलाई समेत विकास र समुन्नतिको अभियानमा प्रत्यक्ष र परोक्ष रुपमा सहभागी गराउन पहल गर्नेछौं।
- ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि घरमै स्वास्थ्य सेवा पुर्याउनु 'Tele–Medicine' र स्थानीय क्लिनिकको सञ्जाल विकास गरी महानगरपालिकासँग समन्वय गर्नेछौं।
- Primary Care / Mental Health सेवालाई प्राथमिकतामा राख्नेछौं।
- यस निर्वाचन क्षेत्रका सबै नागरिकको तथ्यांक लिई सबै नागरिकलाई स्वास्थ्य बिमामा आवद्ध गराई उपचारमा सहज पहुँच सुनिश्चित गराउन आवश्यक पहल गर्नेछौं। यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग थप समन्वयमा जोड दिनेछौं।
- ललितपुरको फोहोरलाई मोहोरमा बदल्न वडा तहमा 'Waste Segregation' र जैविक फोहोरबाट ऊर्जा निकाल्ने प्रोजेक्टका लागि आवश्यक पहल गर्नेछौं।
- जावलाखेलको सदर चिडियाखाना (Zoo) लाई Animal Rights का आधारमा नेपाल सरकारबाट अझ व्यवस्थित र स्तरोन्नती सहित हरित पार्कको रुपमा विकास गर्न पहल गर्नेछौं।
- पाटन ढोका, पिम्बहाल र पाटन दरबार स्क्वायर तथा आसपासका क्षेत्रलाई 'Night Tourism Hub' को रूपमा सुरक्षित तवरले सञ्चालन गर्ने नीतिलाई प्रोत्साहन गर्नेछौं (यसले स्थानीय व्यापार दोब्बर बनाउन मद्धत गर्नेछ)।
- स्थानीय जनताका लागि पाटन अस्पताल लगायत सरकारी, अर्धसरकारी अस्पतालको सेवालाई थप गुणस्तारीय र छुट तथा सहुलियत सेवाको रुपमा लैजान आवश्यक पहल गर्ने।
- पाटन औद्योगिक क्षेत्र, उद्योग वाणिज्य संघ आदिको सहकार्यमा सेवा क्षेत्र विस्तार तथा रोजगारीका लागि पहल गर्ने।
- स्थानीय क्लव तथा खेलाडीहरूको क्षमता विस्तार र विकास गरी ललितपुरलाई खेलकुद Hub को रुपमा अगाडि बढाउने।
- स्थानीय क्षेत्रका सार्वजनिक जमिन, जंगल र जल क्षेत्रको संरक्षण एवं संवर्द्धनका लागि क्रियाशील रहने।
- सम्पदा र सार्वजनिक स्थलहरूको संरक्षणको नेतृत्व र जिम्मेवारी स्थानीय गुठी तथा समुदायहरूलाई प्रदान गर्नका लागि पहल गर्ने।
- बुंगमती, खोकनालाई कला, संस्कृति र सम्पदाको शहर बनाउन दृढ संकल्पित रहने।
- स्थानीय क्षेत्र भैंसेपाटी, चुनदेवी क्षेत्रमा कान्तिलोकपथको विस्तारले पारेको समस्यालाई समाधान गर्न स्थानीय जनताको पक्षमा दृढताका साथ उभिने।
- बुंगद्यो (श्री रातो मच्छिन्द्रनाथ) को जात्रा र रथयात्रालाई व्यवस्थित बनाउन प्रतिवद्ध रहने।
- कार्यविनायक गणेश, रुद्रायणी, शिकारी परिसर, भृंगारेश्वर महादेव, नवदुर्गा भवानी, हरिसिद्धी भवानी, श्वेतवाराही, बटुक भैरव, पुल्चोक स्तुपा, उमा महेश्वर, पञ्चेश्वर, महालक्ष्मी परिसर, पूर्णचण्डी, मच्छिन्द्रबहाल लगायत क्षेत्रका संस्कृति र सम्पदाको विकास र प्रवर्द्धन तथा नेपाल भाषा र नेपाल लिपि संरक्षणमा विशेष पहल गर्ने।
"हामीसँग जे छ, त्यसैबाट उत्कृष्ट निर्माण गरौं।"
प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ रुख चिन्हमा मतदान गरौं। जय नेपाल !